१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


उम्मेदवारी दिएकाहरुविरुद्ध आज ५ बजेसम्म उजुरी दिन सकिने


0
Shares

आयोगले उम्मेदवारविरुद्ध दाबी विरोध भए आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दाबी विरोध गर्न सक्ने जनाएको हो ।

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आयोगले मंगलबार दिउँसो ३ बजेसम्म छानबिन गरी साँझ ५ बजे नामावली सार्वजनिक गर्ने जनाएको छ ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि आइतबार उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधिसभाको ३७ सिटका लागि ३ सय २० जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेशसभाको ७४ सिटका लागि ४ सय ८२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारी फिर्ताका लागि कात्तिक ८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ ।

सोही दिन दिउँसो ३ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र बेलुकी ६ बजेसम्ममा सबै उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने आयोगले जानकारी दिएको छ ।