१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


मेची अञ्चलका युवतीहरुलाई समेटेर सुन्दरी प्रतियोगिता हुने


0
Shares

प्रतियोगितामा ताप्लेजुङ, पाँचथर, इलाम र झापाका १६ देखि २४ वर्षका युवतीले सहभागिता जनाउन सक्नेछन् ।

युवतीहरुको व्यक्तित्व विकासका साथै बौद्धिक क्षमतालाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका व्यावस्थापक प्रणित पुडासैनीले जानकारी दिए ।

गत वर्ष पनि यस्तो प्रतियोगिता आयोजना गरिएको र त्यसको सफलतापछि यसको दोस्रो संस्करण गर्न लागिएको पुडासैनीको भनाइ छ ।

कात्तिक १६ गतेदेखि झापाबाट पहिलो चरणको अडिसन सुरु हुने आयोजकले आईतबार ताप्लेजुङमा पत्रकार सम्मेलन गरी बताएको छ । पहिलो चरणको अडिसनबाट चार जिल्लाबाट ३० जना छनौट गरिने छ । छनौट भएका प्रतियोगिहरुलाई एक महिनाको वर्कसपमा सहभागी हुने मौका प्रदान गरिने आयोजक संस्थाका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

चारवटै जिल्लामा आवेदन फारम समेत खुला गरिएको उनको भनाइ छ । प्रतियोगिताबाट ‘मिस मेची २०१७’ हुनेले नगद ५० हजार, फस्ट रनर अपले २० हजार र सेकेन्ड रनर अपले नगद १५ हजारका साथै विभिन्न अवशरहरु प्राप्त गर्ने आयोजकले बताएको छ ।