२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्यादी प्रहरी बन्न इच्छुक १५० जना सम्पर्कमै आएनन्


0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन परिचालनका लागि म्यादी प्रहरीमा फर्म भरेका यति धेरै संख्यामा युवाहरु अनुपस्थित भएका हुन् ।

अछाममा जम्मा २ हजार ३१६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएकोमा छनोटको पहिलो चरणअन्तर्गत् आइतबार र सोमबार स्वास्थ्य परीक्षण र अरु शारीरिक जाँच तथा दौडकार्य सम्पन्न भएको छ ।

स्वास्थय परीक्षण र शारीरिक चेकजाँचको नतिजा निकालेर मंगलबार लिखित परीक्षा हुने अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

अछामका लागि जम्मा एक हजार २३४ जना म्यादी प्रहरी छनोट गर्न पाउने कोटा रहेको डीएसपी न्यौपानेले बताए । साथै, थप २० प्रतिशतलाई वैकल्पिकमा राखिने बताइएको छ ।

छनोट भइसकेपछिपनि केहीले बीचमै छोड्नसक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक पनि राखिने र खाली भएमा वैकल्पिकले अवसर पाउने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

निर्वाचन परिचालनका लागि भर्ना हुने म्यादी प्रहरीले ५५ दिन काम गर्नुपर्ने र उनीहरुले सो अवधिको पारिश्रमिक नेपाल प्रहरीका जवानले पाउनेसरह अर्थात् ५१ हजार रुपैयाँ हुने प्रहरीले जनाएको छ ।