Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नदी, खोला, नहर झकिझकाउ


0
Shares

जिल्लाका ग्रामीण बस्ती यतिबेला छठमय बनेका छन् । जलाशयहरुमा छठीमाताको पूजा गर्न घाट अर्थात् पूजा गर्ने स्थान निर्माण गरिएको छ ।

जिल्ला सदरमुकाम मलंगवासहित हरिपूर्वा, चन्द्रनगर, बबरगन्ज, हरिपुर, गोडैता, धनकौललगायत मधेसी समुदायको बसोबास रहेका अधिकांश बस्तीमा छठ मनाउन सुरु गरिएको छ ।

जिल्लाका मलंगवा, बयलवास, बरहथवाजस्ता बजारमा छठका सामान किन्नेको भीड छ ।

सीमावर्ती गाउँका वासिन्दा भने छठका सामान किन्न भारतीय बजारमासमेत गइरहेका छन् ।