कैलालीमा ९ हजार ८९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका छन् । कैलालीका लागि छुट्याइएको २ हजार ४०० को कोटाका लागि आइतबारबाट छनोट थालिएको हो ।
धनगढी रंगशाला, संघीय प्रहरी इकाइ कार्यालय र फाप्ला क्रिकेट मैदान गरी तीन ठाउँमा शारीरिक परीक्षा, सामान्य स्वास्थ्य, दौडलगायतका परीक्षण भएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि जनपद प्रहरीकैसरह मापदन्ड तोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक वीरबहादुर बूढामगरले बताए ।
पास भएकाहरुको कात्तिक १० गते नतिजा प्रकाशन हुनेछ । तालिम कात्तिक १२ गतेदेखि सुरु हुने उनले जानकारी दिए ।
कैलालीमा कोटाको चार गुणा बढी आवेदन परेको छ । स्नातक तह उत्तीर्ण गरिसकेका युवाहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर–४ का रविन चौधरीले बेरोजगार भएर खाली बसिरहेका बेला एक/डेढ महिना भएपनि केही कुरा सिक्न सकिने र अलिकति घरखर्च पनि चल्ने भएकाले भर्ना हुन आएको बताए ।










प्रतिक्रिया दिनुहोस्