Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राजपा सम्बद्ध युवा नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


0
Shares

उनले भने–‘माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी हो भन्ने क्रमशः स्थापित भएको छ ।’

अध्यक्ष दाहालले मंगलबार आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध युवा नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै माओवादी नै देशको हित र मधेसीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएको धारणा व्यक्त गरे ।

‘मुलुकको आर्थिक समृद्धि र विकासका लागि वामपन्थी शक्तिबीचको सहकार्य र एकता प्रक्रिया अगाडि बढाइएको छ’–उनले भने—‘तराई–मधेसमा स्थापित नेता तथा कार्यकर्ताको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ ।’

राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई–मधेस स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष अजय पट्टेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पट्टेल, तराई–मधेस विद्यार्थी फन्टका नेता सन्देश पट्टेललगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सो अवसरमा संघका केन्द्रीय अध्यक्ष पट्टेलले राष्ट्रिय एकताको पक्षधर एवं मधेसी अधिकारका पक्षमा लड्ने एकमात्र पार्टी माओवादी भएकाले आफूहरु सो पार्टीमा प्रवेश गरेको बताए । रासस

Skip This