मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।
‘उत्तर पश्चिमी वायु भारतको जम्बुकाश्मिरबाट हिमाली क्षेत्र हुँदै आएको छ अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको हो’ उनले भने ।
चिसो बढेसँगै काठमाडौंमा एक्कासी तापक्रम घटेको छ । सोमबार १५.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर आज ११.४ डिग्रीमा पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम ११.४ र अधिकतम २६.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्