२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘हेभीवेट’ उम्मेदवारबीच टक्कर हुने भएपछि लमजुङको चुनाव रोचक (भिडियो)


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका हेभीवेट नेताहरुबीच नै प्रतिस्पर्धा हुने भएकाले लमजुङको चुनाव पनि रोचक बन्ने देखिएको हो ।

एक निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।

गुरुङलाई छेक्न नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती मैदानमा उत्रिएका छन् । गुरुङलाई एमालेको साथ छ भने नेता घर्तीलाई राप्रपाले साथ दिएको छ ।

नेता गुरुङ २०६४ को संविधान सभामा मनाङ र कास्की १ बाट निर्वाचित भएका थिए । घर्ती २०६४ को निर्वाचनमा लमजुङ क्षेत्र नं. २ बाट पराजित भए भने २०७० मा समानुपातिकबाट सभासद् बनेका थिए ।

२०७० को निर्वाचनमा काँग्रेस–एमालेको मत बराबर जस्तै थियो, यसमा माओवादीको मत मिसिदा बामगठबन्धन बलियो देखिए पनि प्रतिस्पर्धा कडा हुने मतदाताहरु बताउँछन् ।

प्रदेश सभा ‘क’ मा बाम गठबन्धनबाट एमाले लमजुङका अध्यक्ष धनन्ञ्जय दवाडी र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका उम्मेदवार गर्जबहादुर गुरुङविच प्रतिस्प्रर्धा हुने छ ।

बाम र लोकतान्त्रिक गठबन्धनबाहेक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति, राप्रपा (प्रजातान्त्रिक), विवेशील साझालगायतका पार्टीहरु पनि चुनावी मैदानमा छन् ।

यस्तै प्रदेश सभामा ‘ख’ नेपाली काँग्रेस लमजुङका पूर्व सभापति कृष्ण कोइराला प्रतिस्पर्धामा छन् । उनलाई टककर दिन एमालेका ‘हेवीवेट’ नेता पृथ्वीसुब्बा गुरुङ प्रतिस्प्रर्धामा छन् ।

गुरुङलाई प्रदेश नं. ४ को मुख्य मन्त्रीको रुपमा बाम गठबन्धनले मैदानमा उतारेको छ । २०४२ सालमा जनपक्षिय उम्मेदवार बने यता सबै निर्वाचनमा गुरुङ उम्मेदवार बन्दै आएका छन् ।

२०६४ को संविधानसभा निर्वाचित उनी अन्य निर्वाचनमा पराजित भए । अहिले भने चुनाव जितेर मुख्यमन्त्री बन्न बामगठबन्धनको मत काफी हुने उनको अनुमान छ ।

यसबाहेक नेपाली काँग्रेसबाट असन्तुष्ट रहेकाहरुबाट पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

गएको स्थानीय तह निर्वाचनमा करिब तीन हजार मत ल्याएका द्धारिका मिश्रको प्रतिनिधि सभामा परेको उम्मेदवारीले काँग्रेस उम्मेदवारलाई खतराको घण्टी बजाएको विश्लेषण गरिएको छ ।