३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


मोरङ कारागारमा ७५५ कैदीबन्दीमध्ये ४२ जना मानसिक रोगी


0
Shares

कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् ।

कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ ।

कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेसज्ञ डा. रोशन पोखरेलले भने, ‘कारागारका मानसिक रोगी उपचारका लागि यहाँ आउन त आइरहन्छन् तर संख्या यति हो भन्ने यकिन छैन ।’

ती मानसिक रोगीमा झोक्र्याउने, तर्सिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उनले बताए ।

चार सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा अहिले ७५५ कैदीबन्दी छन् । (रासस)