
राष्ट्रिय समाचार समितिको भवनको आज काठमाडौंमा शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्न प्रजातन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका हुन् ।
उनले आफूले सबै लोकतन्त्रवादी शक्तिलाई एक ठाउँमा उभ्याउने प्रयास गरिरहेको जानकारी दिए ।
प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा लाग्न आह्वान गरे ।
उनले संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक भएकाले समयमै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
निर्वाचनमा सहभागी भएर लोकतन्त्रलाई बलियो बनाउन उनको आग्रह थियो ।
प्रधानमन्त्री देउवाले निर्वाचनको आवश्यक तयारी पुरा भएको भन्दै निर्धक्क भएर सहभागि हुन पनि सबै मतदातालाई अपील गरे ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारी समाचार संस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री देउवाले शिलान्यास गरेको भवन १२ करोड ५० लाख रुपैयाँको लागतमा २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्