अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत चिनियाँ राष्ट्रपति सीसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि बधाई दिएको जानकारी गराएका हुन् ।
कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमासमेत छलफल भएको जनाइएको छ ।
कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सीले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाएका छन् । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उनका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सी शक्तिशाली रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताएका छन् । उनले भने, ‘उनी एक असल मान्छे हुन् ।’
अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भने, ‘केही मानिसले उनलाई चीनको राजा नै भन्छन् तर उनी राष्ट्रपति हो ।’ धेरै राम्रो सम्बन्ध रहेको छ ।’ ‘यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।’
ट्रम्पसँगको टेलिफोन संवादमा सीले अमेरिकाका राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सन्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, उत्तर कोरियाको सरकारी सन्चारसंस्था केसिएनएले सर्वोच्च नेता किम जोङ–उनले पनि सीलाई बधाईको सन्देश पठाएको बताएको छ । (रासस/एएफपी)









प्रतिक्रिया दिनुहोस्