Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


गोरखा जिल्ला सधैं अग्रगमनको पक्षमा छ : दाहाल


0
Shares

गोरखामा क्रियाशील नयाँ शक्ति पार्टी नेपालका करिब २५ नेता तथा कार्यकर्तालाई बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उनले अग्रगमनका पक्षमा रहेका सबै शक्ति वाम गठबन्धनका पक्षमा उभिने जिकिर गरे ।

उनले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोच र विचारले जित्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य जीतबहादुर घले, तमु परिषदका केन्द्रीय सहइन्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्बरसिंह घले, गाउँपरिषद सल्लाहकारद्वय डा. जीतबहादुर घले, बलबहादुर घले, वाम बुद्धिजीवी खड्कबहादुर गुरुङलगायत नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोर्खाली नेताले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताउँदै नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएरमात्र समाजवादमा पुग्न सकिने धारणा राखेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नम्बर–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नम्बर–१ का उम्मेदवार हरिराज अधिकारीलगायत नेता उपस्थित थिए । रासस