२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बालक हत्याको विरोधमा बिर्तामोड तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर


0
Shares

भीड नियन्त्रण गर्न प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास पनि प्रहार गरेको छ ।

गत असोज १४ गते बेपत्ता भएका झापा, अर्जुनधारा गाउँपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटी मृत फेलापरेपछि स्थानीय आक्रोशित भइ प्रदर्शनमा उत्रिएका हुन् । अनुसन्धानमा ढिलाइ गरेको आरोप परिवारजनले लगाएको छ ।

प्रहरीले आन्दोलनमा उत्रिएकामध्ये ३५ जनालाई नियन्त्रणमा लिएको छ ।

दसैं टीकाका दिन हराएका लक्ष्मणको शव भोलिपल्ट पोखरीमा डुबिरहेको अवस्थामा फेलापरेको थियो ।

उनको परिवारले लक्ष्मणको हत्याको आशंकामा तीनजनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

प्रहरी अनुसन्धानप्रति रुस्ट भएका परिवार र स्थानीय आन्दोलनमा उत्रिएपछि बिर्तामोडको स्थिति तनावपूर्ण बनेको छ ।