
तर, धनकुटाका पीडितले पहिलो किस्ता वापतको रकम लिएको तीन महिना बितिसक्दा पनि प्राविधिक र नक्साको डिजाइन अभावका कारण सुरु गर्न सकेका छैनन् ।
भूकम्पले घर भत्काएपछि लामो समयसम्म टहरामा बस्दै आएका धनकुटेली तिन महिना अघि पहिलो किस्ता वापतको रकम लिदा निकै उत्साहित देखिन्थे ।
तर उनिहरुको त्यो उत्साह लामो समय भने टिक्न सकेन ।
पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ उपलब्ध गराएको पुननिर्माण प्राधिकरणले प्रबिधिक र घरको डिजाइन समयमै उपलब्ध नगराउँदा उनिहरु भूकम्प गएको ३० महिना बित्न लाग्दासम्म पनि टहरमै बास बस्न बाध्य छन् ।
घर निर्माण सुरु गरे संगै प्राबिधिक आबश्यक पर्ने भएकाले प्राबिधिक उपलब्ध नभएकै कारण घर निर्माण सुरु गर्न नसकिएको धनकुटा स्याउलेका ढुण्डीराज घिमिरे बताउँछन् ।
धनकुटामा पुननिर्माणको लागि छनौटमा परेका कुल २७ सय ९६ परिवार मध्ये २२ सय ५० परिवारले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ लिइसकेका छन् ।
तर कसैले घर निर्माणको कार्य सुरु गर्न भने पाएका छैनन् । जिल्लाका सात स्थानीय तह मध्ये धनकुटा र पाख्रिवास नगरपालिकाका आफ्नै प्राबिधिक भएपनि अन्य पाँच स्थानीय तहमा प्रबिधिक उपलब्ध छैनन् ।
प्राबिधक भएका नगरपालिकामा समेत काम सुरु हुन सकेको छैन ।
प्राबिधिक र घरको डिजाईनको माग गदै पटक पटक नगरपालिका धाएपनि नगरपालिकाले प्राबिधिक र डिजाईन उपलब्ध गराउन नसकेको स्थानीय मैया देवी घिमिरे बताउँछिन् ।
आउँदो असार मसान्तसम्ममा घर निर्माणको कार्य सम्पन्न गरिसक्नु पर्ने भएपनि प्रबिधिक र डिजाईन उपलब्ध नभएका कारण हालसम्म घर सुरु गर्न नपाउँदा धनकुटामा भूकम्प पीडित थप समस्यामा परेका छन् ।
दोस्रो किस्ता लिने समयसम्म घरको जगनै खन्न नपाएका स्थानीयलाई बल्लबल्ल उपलब्ध भएको अनुदान समेत उम्कीने होकी भन्ने चिन्ताले सताउने गरेको छ ।
यता पटक पटक प्राबिधकको माग गरे पनि पुननिर्माण प्रधिकरणले नै उपलब्ध नगराएको जिल्ला समन्बय समिति धनकुटाका बरिष्ठ कार्यक्रम अधिकृत सिताराम गौतम बताउँछन् ।
धनकुटामा हालसम्म २२ सय ५० परिवारका लागि पहिलो किस्ता वापतको ११ करोड २६ लाख रुपैयाँ निकासा भईसकेको छ । तर प्राबिधक अभावकै कारण पुननिर्माण कार्य भने सुरु हुन सकेको छै्रन ।
त्यसैले समयमै प्राबिधिक पठाएर पुननिर्माणको काम सुरु पर्न आबश्यक छ ।
अन्यथा ३० महिनासम्म टहरामै बिताएका धनकुटेलिलाई आवास निर्माणको लागि दिने भनिएको तिन लाख रुपैयाँ अनुदान समेत हात्ति आयो हात्ति आयो फुस्सा झै बन्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्