२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मृतक थापाका परिवारलाई १० लाख सिफारिस, डीएसपीलाई निलम्बन गर्न आग्रह, यी हुन् निर्णय


0
Shares

शनिबार बिर्तामोडमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई राहत उपलब्ध गराउन अविलम्ब गृह मन्त्रालयमा आग्रह गरी पठाउने निर्णय गरेको हो ।

काजक्रिया खर्चबापत पीडित परिवारलाई ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । यसका लागि अर्जुनधारा र बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति र बिर्तामोड उद्योग वाणिज्य संघले रकम उपलब्ध गराउने जनाइएको छ ।

सर्वपक्षीय बैठकले मृतक थापाकी श्रीमतीलाई तत्काल अर्जुनधारा नगरपालिकमा रोजगारीको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई निलम्बन गर्न सिफारिस गर्ने, प्रहरीको गोली लागेर घाइते भएकाको उपचार खर्च सरकारका तर्फबाट व्यहोर्ने निर्णय पनि गरिएको छ ।

झापा, अर्जुनधाराका–११ वर्षीय लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिर्तामोडमा गरेको प्रदर्शनकाक्रममा झडप हुँदा शुक्रबार अर्जुनधारा–११ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको थियो ।

झडपपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कर्फ्यु अझै जारी छ ।