Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त


0
Shares

राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको यात्रीबस शनिबार बिहान त्रिशूली नदीमा खस्दा दर्जनौँ यात्रुको मृत्यु भएको थियो । रासस