Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


रेशम चौधरीको शपथप्रति कांग्रेसको विरोध


0
Shares

काठमाडौं, पुस १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रेशम चौधरीको सांसद शपथप्रति आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ दिलाउनुले कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाएका छन् ।

बिहीबार ट्वीट गर्दै प्रवक्ता शर्माले ‘निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा संवैधानिक र कानुनी दायरा उल्लंघन गरिनु नैतिक र राजनीतिक दुवै कोणबाट गलत’ रहेको बताएका छन् ।

‘अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई ताजपोशी गराउनुले कानुनी राज्यको खिल्ली उडाएको’ पनि शर्माले ट्वीटमा उल्लेख गरेका छन् ।