१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


निर्बाचनका बेला ईजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन आग्रह


0
Shares

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तीसँग रहेका ईजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

आफूसँग रहेका इजाजत प्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

यस्तै बैतडीमा रहेका कार्यालय प्रमुखहरुको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखहरुले बिदा बस्न नपाइने निर्णय गरेको छ ।

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने, सरकारी कार्यालयमा रहेका सवारी साधन दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्थामा आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने समेत जनाइएको छ ।