
७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो ।
बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ ।
दुर्घटनामा अरु पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी ।
दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ ।
अवस्था हेरेर घाइतेहरुलाई उपचालका लागि पाल्पाको तानसेन पठाइएको पनि प्रहरीले जनाएको छ ।
गाडीमा १३ जना यात्री, चालक र सहचालक गरी १५ जना रहेकोमा दुईजना फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्