
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपानेले नेत्रहीन क्रिकेट टोलीलाई प्रायोजन गर्ने जानकारी दिएका हुन् ।
न्यौपानेकाअनुसार तीन वर्षे प्रायोजन सम्झौताअनुसार नेपाली नेत्रहीन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा आवश्यक पर्ने सबै जर्सीसेट साहस स्पोर्टस्ले प्रदान गर्नेछ ।
नेपाली नेत्रहीन क्रिकेट टोली यतिबेला सन् २०१८ को जनवरीमा हुने विश्वकप क्रिकेटको तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्