
पुज्डमोनले नियुक्त गरेका वकिलले उनी त्यहाँ लुक्न नगएको र शरण लिने नलिने विषयमा स्पष्ट नरहेको बताएका छन् ।
उनले त्यहाँ आप्रवासन मामिलाबारे जानकार एकजना वकिल पनि नियुक्त गरेको बताइएको छ । पुज्डमोनका वकिलले उनी राजधानी ब्रसेल्समा नरहेको जनाएका छन् ।
बेल्जियमका आप्रवाससम्बन्धी मन्त्री फ्राङ्क्यानले पुज्डमोनसहित कुनैपनि क्याटलान नेताले बेल्जियममा शरण लिनसक्ने बताएका छन् । तर, बेल्जियमका प्रधानमन्त्री चाल्र्स माइकलले भने क्याटलान नेताहरुलाई शरण दिने सम्बन्धी कुनै प्रस्ताव नलगिएको उल्लेख गरेका छन् ।
स्पेनका अभियोजनकर्ताहरुले क्याटलन नेता र विवादित जनमत संग्रह गराउनेहरुमाथि देशद्रोहको आरोपमा मुद्दा चलाइनुपर्ने माग गरेका छन् । पुज्डमोनमाथिको आरोप प्रमाणित भए उनले ३० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन्छ ।
स्पेनको केन्द्र सरकारले गत सोमबार क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्दै पुज्डमोनसहितका नेताहरुलाई बर्खास्त गरेको थियो । स्पेनले क्याटलोनियाको स्वायत्तता निलम्बित गर्दै डिसेम्बर २१ मा चुनाव गर्ने घोषणा पनि गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्