कुस्मा नगरपालिका–४ छमर्केमा यात्रीबहाक बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वत, जलजला गाउँपालिका–९ बनौ घर भइ कुस्माको जिरोकिमि बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो ।
पुनको पर्वत जिल्ला अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट बागलुङ जाँदै गरेको ग१ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको ६५८६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
बसका यात्रीहरु भने सकुशल छन् ।










प्रतिक्रिया दिनुहोस्