Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


रसुवागढी नाका हुँदै केरुङ जाने नेपाली महिला कामदारको संख्या बढ्यो


0
Shares

चिनियाँ नेसनल कंग्रेस सभालाई मध्यनजर राख्दै नेपाल फर्काइएका कामदार कंग्रेस सभा सकिएपछि पुनः चीन जान थालेका हुन् ।

अहिले यो नाका हुँदै दैनिक ४० देखि ५० जना महिला केरुङ जान थालेको माइती नेपाली अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

१५ देखि २५ वर्ष उमेरका धेरै नेपाली महिला केरुङका विभिन्न होटलमा जोखिमपूर्ण रुपमा काम गरिरहेको उनले बताइन ।

महिला कामदारलाई केरुङ प्रवेशमा प्रहरीले कडाई गरेको छ । तर अभिभावकहरुले नै सीमासम्म पु¥याएर चिनियाँ व्यवसायीको जिम्मा लगाउने गरेको सिमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

अन्तराष्ट्रिय नाकाको रुपमा यो नाकाले मान्यता पाएसँगै केरुङमा होटल व्यवसाय फस्टाउँदै गएपछि नेपाली महिलाहरु पनि यहाँ कम गर्न जाने क्रम बढेको बताइएको छ ।