गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएका घटनाहरुको विश्लेषण, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारहरुको संख्यालाई विश्लेषण गर्दा गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढि सुरक्षा चुनौती हुने देखिएको हो ।
जिल्ला सुरक्षा समितिका एक सदस्यका अनुसार गौरीशंकर गाउँपालिकाबाट मात्र जिल्लामा सबैभन्दा बढी ९ जना उम्मेदवार रहेको कारण त्यहाँ सबैभन्दा बढि सुरक्षा चुनौती हुने देखिएको हो ।
स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका वडा नं. २ जुगूँमा चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको तथा गौरीशंकर गाउँपालिका वडा नं. ७ मार्बुमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकाहरुलाई नेकपा एमालेका कार्यकर्ताहरुले लखेटेको घटना समेतका आधारमा सो गाउँपालिकामा सबैभन्दा बढि सुरक्षा चुनौती रहेको ति सदस्यको भनाई रहेको छ ।
गौरीशंकर गाउँपालिकाबाट मात्रै प्रतिनिधिसभा सदस्यको लागि काँग्रेसबाट रुद्रबहादुर खड्का र एमालेबाट पी गुरुङ चुनावी प्रतिष्पर्धामा छन् भने प्रदेशसभा सदस्य क्षेत्र नं. १ का लागि विशाल खड्का, दावा छिरिङ शेर्पा, लोकबहादुर गुरुङ, राजेश श्रेष्ठ, बुद्धिमान शेर्पा, चटक गुरुङ, मिङ्गुर शेर्पा चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
त्यसैगरी सबैभन्दा बढि सुरक्षा चुनौती भएको दोस्रो र तेस्रोमा क्रमश मेलुङ र वैत्यश्वर गाउँपालिका रहेको दोलखाको सुरक्षा समितिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्