Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सर्लाहीमा मलामी बोकेको ट्याक्टर पल्टँदा एकको मृत्यु, ७ जना घाईते


0
Shares

दुर्घटनामा ७ जना घाईते भएका छन् । लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा भएको दुर्घटनामा महोत्तरी बर्दिवास नगरपालिका–५ चेरुमाइथान घर भई काठमाडौ काँडाघारी बस्ने ७३ वर्षका कृष्णप्रसाद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नी आमाको मृत शव अन्तिम संस्कारका लागि सर्लाहीको बागमती खोलातर्फ लैजाँदै गर्दा ट्याक्टर पल्टिएर पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते ३१ वर्षीय सुवास पौडेललाई हेटौंडा र ५७ वर्षका मोहनप्रसाद पौडेललाई उपचारका लागि काठमाडौ ल्याइएको छ ।

अरु घाईतेको नमूना अस्पताल हरिवनमा उपचार भैरहेको प्रहरी चौकी फूलजोरका प्रहरी सहायक निरीक्षक धनबहादुर खड्काले जानकारी दिए ।

मलामी बोकेर आइरहेको ज १ त ७४७० नम्वरको ट्याक्टर कालिन्जोर पुलनजिकै रोकिराखेको ट्रकमा पछाडिबाट ठोक्किएर सडक मुनि खसेको हो । प्रहरीले ट्रक र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।