Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


‘शाकाहारी बनौं’ भन्दै राजधानीमा र्‍याली


0
Shares

‘शाकाहारी बनौं’ भन्ने नारासहित शाकाहारी बनौं अभियान र अनन्त ज्योति ध्यान केन्द्रलगायतले निकालेको र्‍याली बसन्तपुरबाट सुरु भइ प्याफल, नरदेवी, क्षेत्रपार्टी, पकनाजोल, ठमेल, ठहिँटी, असन, भोटाहिटी हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले अहिंसा नै ठूलो धर्म भएको भन्दै स्वस्थ र निरोगी हुन पनि शाकाहारी बन्न आवश्यक भएको बताए ।

शाकाहारी बनेर सकारात्मकरुपमा सामाजिक परिवर्तन गर्नसक्ने उनीहरुको भनाइ थियो ।