१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डा. केसीको अनशन एक साताका लागि स्थगित


0
Shares

प्रकाश नेपाल (इमेज) 

इलाम, पुस १८ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले बुधबारदेखि सुरु गर्ने भनिएको सत्याग्रह यही पुस २५ गतेसम्म स्थगित गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक संसदीय समितिमा अल्झिरहेका बेला डा. केसी सत्याग्रहमा बस्ने भन्दै मंगलबार पूर्वी पहाडी जिल्ला इलाम आएका थिए ।

इलाममा बुधबार पत्रकार सम्मेलन गर्दै उनले एक साताका लागि अनशन स्थगित गरेको बताए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले डा. केसीलाई सम्झौताअनुसार नै विधेयक अघि बढाउने प्रतिबद्धता जनाएपछि आफूले एक साताका लागि अनशन स्थगित गरेको उनले बताए ।

तर, अवाञ्छित चलखेल भएमा कुनैपनि बेला अनशन सुरु गर्ने चेतावनी पनि डा. केसीले दिएका छन् ।