पक्राउ पर्ने व्यवसायीहरुमा वाच एन्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जन, एडभेन्चर आउटडोरका रोशन ओडारी छन् ।
यस्तै, लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लाटेनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध कालोबजारी ऐनअन्तर्गत् मुद्दा दर्ता भइसकेको र अब म्याद थपेर अदालतमा लैजाने महानगरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले बताए ।
गत भदौमा आपूर्ति मन्त्रालयले गरेको बजार अनुगमनकाक्रममा अस्वाभाविक मूल्य राखेर उपभोक्ता ठगेको पाइएपछि पसल ‘सिल’ गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्