Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


0
Shares

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–८ बस्ने वर्ष २६ का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय, कावासोतीले जानकारी दिएको छ ।

कावासोति नगरपालिकाको फलफूल चोकदेखि एक किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कावासोतीले जनाएको छ । रासस