३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


प्रधानन्यायाधीश जबराले जोशीलाई पेसी तोकेनन्, ‘भविष्यमा पनि तोकिने छैन’


0
Shares

काठमाडौं, पुस १८ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई बुधबारको मुद्दामा पेसी तोकेनन् ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले बुधबारदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेसी नतोकेको राणाको भनाइ थियो ।

आगामी दिनमा पनि उनलाई पेसी नतोक्ने राणाको योजना छ ।

‘यदि, हाम्रा कारण (हामीले छाड्दा) अदालतको जनआस्थामा वृद्धि हुन्छ भने हामी बाटो लाग्नुपर्छ । बाटो लाग्न हामी तयार हुनुपर्छ । न्यायालयलाई बारम्बार विवादमा ल्याउने काम गर्नुहुँदैन’–राणाले भने–‘अदालतलाई अझै विवादमा ल्याउनुहुँदैन भनेर उहाँलाई मुद्दाको पेसी नतोकिएको हो । भविष्यमा पनि तोकिने छैन ।’

प्रधानन्यायाधीश राणाले जोशीले अदालतलाई निकास दिनेछन् भन्ने विश्वास लिएको बताए ।

‘यदि, कोही न्यायाधीशका कारण अदालत विवादमा आउँछ भने उसले निकास दिनुपर्छ’–उनले स्पस्ट पारे ।

राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले बुधबारको मुद्दाको पेसी तोक्ने काम गरे । सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई छ ।

सोही पेसी तोक्नेक्रममा उनले बुधबारदेखि नै जोशीलाई मुद्दामा पेसी तोकेनन् ।

जोशी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाले पदबहाली गर्नेक्रममा आएका थिए । तर, पेसी नतोकिएपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।

पदभारग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राणाले आफैँंले संसदीय सुनुवाइकाक्रममा न्यायालयको छवि उच्च पार्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै भने–‘सार्वभौमसम्पन्न संसदीय सुुनुवाइ समितिको निर्णयलाई मान्नुपर्छ । त्यो निर्णयलाई सम्मान गर्छु भनेर प्रतिबद्धता गरेको छु ।’

उनले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अयोग्य ठहर गरेको न्यायाधीशलाई सर्वोच्च अदालतमा राखेर झन् विवादित पार्न नहुने हुँदा आफूले सो निर्णय लिनुपरेको उल्लेख गरे ।

जोशी आफ्नो स्कुल, कलेजको सहपाठी भएको स्मरण गराउँदै उनले जोडे–‘प्रधानन्यायाधीशको पदबाट साथीभाइको नाताले हेर्न मिल्दैन । वरिष्ठ न्यायाधीशको हिसाबले अदालतलाई बन्धक बनाउनुहुँदैन । निकास दिनुपर्छ भन्ने हिसाबले मैले गम्भीर निर्णय लिएँ ।’

उनले न्यायालयको छविलाई माथि उठाउनका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानन्यायाधीश राणाले आगामी दिनमा न्यायालयलाई विवादरहित तरिकाले आगाडि बढाउनेसमेत प्रतिबद्धता व्यक्त गरे ।

‘अदालतका सम्पूर्ण न्यायाधीश एउटा परिवार हो । हामी कोहीबाट पनि विवादित हुनेखालका काम हुनुहुँदैन । हिजोका दिनमा भएका विवादका भ्रमलाई पनि चिर्ने गरी काम गर्नुपर्छ’–उनले भने ।

न्यायालयमा संविधानको रक्षा र व्याख्या गर्ने मूल काम भएको हुँदा नागरिकको न्यायमा सहज पहुँच पुर्‍याउने तरिकाले काम गर्ने कार्ययोजनासमेत उनले सुनाए ।

न्यायाधीशलाई मर्यादित बनाउनका लागि बनाइएको आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने र बालक, वृद्धा, अपांगता भएका व्यक्तिका लागि विशेष प्राथमिकता दिएर मुद्दा हेरिने बताए ।

मंगलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भएको थियो ।

बुधबारै उनले शपथ लिएर पदभारग्रहण गरेका हुन् । उनको कार्यकाल चार वर्षको छ । रासस