दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमान्डौंका २६ वर्षीया आमा ममता बोहरा र उनका छोरा ६ वर्षीय विनीत बोहरा घाइते भएका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
घाइते दुवैजनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
देहिमान्डौंबाट मेलौलीतर्फ गइरहेको से१ज ३७३ नम्बरको जिप बिहीबार दिउँसो २ बजेतिर मेलौली नगरपालिका–१ को तल्लादेही भन्ने ठाँउमा पल्टेको हो ।
उकालो सडकमा जिपको ब्रेकफेल हुँदा अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको जनाइएको छ ।
जिपमा ६ जना सवार रहेका भएपनि अरु यात्री भने सुरक्षित रहेका छन् । प्रहरीले जिप चालक किशोर बोहरालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्