Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘संविधान संशोधनको एजेन्डा यथावत्’


0
Shares

राजविराज, पुस १८ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुक मौलिक हक कार्यान्वयनका दिशामा अघि बढेको बताएका छन् ।

बृहत् स्वास्थ्य शिविरको तयारीका लागि बुधबार सप्तरीको राजविराज आएका उनले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनका लागि महत्वपूर्ण १६ ओटा ऐन बनाएर अघि बढेको बताए ।

संविधान संशोधनको एजेन्डा यथावत् रहेको बताउँदै मन्त्री यादवले ‘जबर्जस्ती संविधान जारी’ गर्ने पक्षले पनि संविधान संशोधन गर्नैपर्ने महसुस गरेको दाबी गरे ।