
काठमाडौं, पुस १८ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउने अठोट व्यक्त गरेका छन् ।
बुधबार सर्वोच्च अदालतमा पदभारग्रहण गर्दै उनले आफ्नो पहिलो काम न्यायालयलाई भ्रष्टाचारमुक्त गर्नु रहेको बताए ।
उनले अदालत सबै नागरिकको आत्मा भएकाले सबैको पहुँच पुग्नेगरी यसप्रतिको आस्था र विश्वास बढाउने उल्लेख गरे ।
संविधानले दिएको अधिकारभित्र रहेर न्याय सम्पादन गर्ने उनको भनाइ थियो ।
राणाले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने प्रण पनि गरेका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश राणाले अदालतमा हुने बिचौलियाको अन्त्य गर्ने दाबी पनि गरे ।
उनले फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै अदालतलाई वैज्ञानिकीकरण र आधुनिकीकरण गर्दै लैजाने जानकारी दिए ।
आर्थिक अनुशासन कायम गर्नु आफ्नो दायित्व भएको भन्दै राणाले अदालतलाई संगठित गर्दै लगिने बताए ।
प्रधानन्यायाधीश राणाले संसदीय समितिको सम्मान गर्दै न्यायाधीश दीपकराज जोशीलाई पेसी नतोकिनेसमेत बताए ।
संसदीय समितिबाट अस्वीकृत भएपनि वरिष्ठतम् न्यायाधीशका हैसियतमा न्यायाधीश जोशीले मुद्दा हेर्दै आएका थिए ।
प्रधानन्यायाधीशकारुपमा आफूले लिएको निर्णयको बचाउ गर्दै उनले जोशीले अदालतलाई बन्धक नबनाउने अपेक्षा गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्