Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला सुरु, यस्तो छ महत्व


0
Shares

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतर्फ अग्लो डाँडामा अवस्थित प्रसिद्ध भगवती देवी उग्रताराको मन्दिरमा वर्षेनी सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

परापूर्वकालमा नजिकै बसोबास रहेको लटाउली गाउँका साँकी परिवारको किसानले हलो जोत्ने क्रममा हलोको फालीमा देवीको शिला अड्किएपछि निरन्तर रगतको धारा बग्दै गर्दा आकस्मिक रुपमा प्रकट भएकी देवीले आफ्नो रुपको बारेमा किसानलाई जानकारी गराएको र बग्दै गरेको रगतलाई आफूले खान ल्याएको भोजनबाट रोकेको भन्ने लोकश्रुति छ । प्रकट भएकी देवीको तिथिमितिका आधारमा कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष देवीको भव्य पूजाअर्चना गर्ने तथा मेला लाग्ने गरेको हो ।