Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


चोलेन्द्र शमशेरले लिए प्रधानन्यायाधीशको शपथः ‘व्यापार’छाडेपछि भाग्य बदलियो (भिडियो)


0
Shares

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा नियुक्त भएका छन् ।

संवैधानिक परिषदको सिफारिस र संसदीय सुनुवाइ विशेष समितिको अनुमोदन पछि राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बुधबार विहान पद तथा गोपनियताको सपथ दिलाएकी छन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, लगाएत संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति थियो ।

प्रधानन्यायाधीश राणाले आजै पदभार ग्रहण गर्दैछन् ।