२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


अमेरिकी सांसदद्वारा म्यान्मारका सैनिक अधिकारीमाथि प्रतिबन्धको प्रस्ताव


0
Shares

पाँचजना संसद सदस्यले शुक्रबार म्यानमारको रोहिंग्या समुदाय लक्षित मानव अधिकार उल्लंघनमा संलग्न रहेकोे आरोप लागेका उच्च सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका हुन् ।
जोन म्याककेन, बेन कार्डिन, डिक डर्विन, मार्को रुवियो र टोड योङको प्रस्तावमा म्यानमारका केही उच्च सैनिकलाई विदेश भ्रमणमा जानबाट रोक लगाउनुपर्ने बताइएको छ ।

उक्त प्रस्ताव अमेरिकी कँग्रेसबाट पास भएमा म्यानमारको रोहिंग्या आन्दोलन शान्त नहुँदासम्म निश्चित सैन्य अधिकारीले विदेश भ्रमण जानबाट रोक लगाउन अमेरिकाले आवश्यक पहल गर्नेछ ।

म्यानमारको रखाइन राज्यमा अल्पसंख्यक मुसलमान रोहिंग्या समुदायलाई लक्षित गरी यस वर्षको अगस्ट २५ पछि चलाएको सैन्य अभियानमा सयौँ जनाको मृत्यु भएको र करिब ६ लाख जना विस्थापित भएका थिए ।

म्यानमारले अल्पसंख्यक रोहिंग्या समुदायलाई आफ्नो नागरिकका रूपमा स्वीकार गरेकोे छैन । म्यानमारले उनीहरू बंगलादेशबाट शरणार्थीका रूपमा रखाइन आएको जनाउँदै आएको छ ।(रासस/पीटीआई)