
कुल १९ हजार कम्पनीहरु मध्ये वातावरण संरक्षण नीति उलंघन गरेको आरोपमा उनीहरुलाई बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ ।
सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ ।
अन्य कम्पनीहरुले वातावरण संरक्षणसम्बन्धी मापदन्ड पुरा नगर्दासम्म अहिले बन्द भएका कम्पनीहरु खोल्ने सम्भावना पनि नभएको विभागका प्रमुख वेन वुरुइले जानकारी दिए ।
धेरै वायु प्रदूषण गरेका कम्पनीहरुलाई शुक्रबार सुन्तला रङको संकेत लगाइएको छ ।
प्रदूषणसम्बन्धी चेतावनी दिन चीनमा चार प्रकारका रङहरुको प्रयोग गर्ने गरिन्छ । ती मध्ये रातोले अत्यधिक धेरै, त्यसपछि सुन्तला, पहेलो र निलोले क्रमशः कम प्रदूषणको संकेत गर्दछन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्