बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा हिजोबाट शुरु भएको जात्रा आज समापन हुँदैछ ।
कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रामा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि नेपाल तथा भारतका हजारौं दर्शनार्थी मेलौली भगवती मन्दिरको दर्शन गर्न पुगेका छन् ।
मेलौली भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । यस्तै सुर्नया गाउँपालिकाको रौलेश्वरमा रहेको फ्लाङसैनी भगवती मन्दिरमा शुरु भएको जात्रा आज रांगा तथा बोकाको बलि दिएर समापन हुँदैछ ।
यता दार्चुलामा रहेको राष्ट्रकै सातौं धाम मालिकार्जुन मन्दिर, डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा पनि जात्रा शुरु भएको छ भने डोटीको बड्डीकेदारमा जात्रा सम्पन्न भएको छ ।










प्रतिक्रिया दिनुहोस्