
जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थपिएका हुन् ।
सप्तरी जिल्लामा प्रतिनिधिसभाका लागि चार र प्रदेशसभाका लागि ८ ओटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
मतदाता संख्या थपिएसँगै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १६ ओटा मतदान केन्द्रसमेत थप भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकृत दिलीपकुमार यादवले बताए ।
सप्तरी जिल्लामा स्थानीय तहको निर्वाचनमा भने ४६२ मतदान केन्द्र कायम भएको थियो ।
अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २९५ मतदानस्थलमा थप १६ गरी ४७८ ओटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्