व्यावहारिक र गुणस्तरीय शिक्षालेमात्र मुलुकको विकास हुने भन्दै शिक्षामा लगानी बढाउनुपर्नेमा उनले जोड दिइन् ।
शनिबार राजधानीमा सिद्धार्थ वनस्थली इन्स्टिच्यूटले आयोजना गरेको प्रज्ञा दिवसको अवसरमा राष्ट्रपति भन्डारीले ‘विश्व आज वैज्ञानिक शिक्षाकै माध्यमबाट विकासको चुलीमा पुगेको’ भन्दै नेपालले पनि सीपमूलक शिक्षामा ध्यान दिनुपर्ने बताइन् ।
त्यस्तै, सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका प्राचार्य रुपक राजवंशीले २००८ सालमा स्थापित इन्स्टिच्यूटले हालसम्म १४ हजारभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराएको तथा सातजनाले एसएलसीमा बोर्डफस्ट ल्याएको जानकारी गराए ।
उनले सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट उत्पादित व्यक्ति देशको उच्चपदमा पुगेको देख्दा खुसी लाग्ने गरेको पनि बताए ।









प्रतिक्रिया दिनुहोस्