Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


वाइडबडी विमान खरिद प्रकरण : मन्त्रीलाई नै कारबाही गर्न सिफारिस


0
Shares

काठमाडौं, पुस १८ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुलाई कारबाही सिफारिस गरेको छ ।

उपसमितिको मंगलबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म बसेको बैठकले विमान खरिदमा झण्डै ४ अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्न नागरिक उड्डयनमन्त्रीमाथि कारबाही गर्न सिफारिस गरेको हो ।

घोटालामा मन्त्रीहरुको पनि प्रत्यक्ष÷अप्रत्यक्ष संलग्नता रहेको ठहर उपसमितिको छ ।

वाइडबडी विमान खरिदमा वर्तमान मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र देव र जीवनबहादुर शाही संलग्न छन् ।

पूर्वमन्त्री शाहीको पालामा खरिद प्रक्रियाको थालनी तथा बैना भएको थियो । अर्का पूर्वमन्त्री देवको पालामा पहिलो किस्ता र हालका मन्त्री अधिकारीको पालामा दुई किस्ता रकम पठाएपछि दुईवटा वाइडबडी जहाज गत असार र साउनमा नेपाल ल्याइएको थियो । –नागरिक दैनिकबाट