Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


हजारौं इरानीद्वारा ट्रम्पविरुद्ध प्रदर्शन, अमेरिकी झन्डा र ट्रम्पको पुत्ला जलाए


0
Shares

सन् १९७९ मा अमेरिकी राजदुतावासलाई नियन्त्रणमा लिएको दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान् राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झन्डासमेत जलाइएको थियो ।

इश्लामिक आन्दोलन सुरु भएको ४४४ दिनको बन्धक समस्याका कारण निम्तिएको दुई देशबीचको कुटनैतिक समस्या आजका दिनसम्म पनि निरन्तर रहेको छ ।

अमेरिकाले इरानविरुद्ध लगाइएको नयाँ प्रतिबन्धको विरोधमा निकालिएको जुलुस प्रदर्शनका क्रममा अमेरिकी झन्डा तथा ट्रम्पको पुत्लासमेत जलाइएको थियो ।

इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले भने, ‘यस वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान विरोधी नीतिका कारण धेरै इरानी नागरिक अमेरिकाविरुद्ध आक्रामक देखिएका छन् ।’

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, इरानसहित विश्वशक्ति राष्ट्रबीच इरानको आणविक कार्यक्रमका बिषयमा अन्तर्राष्ट्रिय सम्झौतालाई मान्यता नदिने निर्णयले इरानलाई पछिल्लो समय चेतावनी दिइरहेको छ । (रासस/एएफपी)