
काठमाडौं, पुस १७ । चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ७० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार यस वर्ष विभिन्न वस्तुको आयात अघिल्लो वर्षको तुलनामा ३३.८ प्रतिशतले बढेर ७ खर्ब बराबरको वस्तु आयात भएको हो ।
अघिल्लो वर्षको ५ महिनामा कुल वस्तु आयात ४ खर्ब ५३ अर्ब रकम बराबर रहेको थियो ।
यस अवधिमा सबैभन्दा बढी ८७ अर्ब बराबरको त पेट्रोलियम पदार्थमात्र आयात भएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थका आयात ५८.४ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, फलाम तथा स्टीलजन्य वस्तुहरु, मेनिनरी वस्तुहरुको पनि आयातमा वृद्धि भएको छ । ५ महिनामै व्यापार घाटा ५ खर्र्ब ६९ अर्ब बराबरको पुगेको छ ।
यस वर्ष निर्यात १२.३ प्रतिशतले बढेको छ । छालाजन्य वस्तुहरुको भने निर्यात घटेको छ ।
चालू आर्थिक वर्षको ५ महिनाको तथ्यांकअनुसार जुत्ता–चप्पलको निर्यात २३.६ प्रतिशतले र अरु छालाजन्य वस्तुहरु ५२.९ प्रतिशतले घटेको हो ।
यस अवधिमा सुर्तीजन्य वस्तु्हरुको निर्यातमा भने केही वृद्धि भएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा तीन अर्ब रुपैयाँ बराबरको सुर्तीजन्य वस्तुको निर्यात भएको छ ।
नेपालबाट विशेषगरी कार्पेट, गार्मेन्ट, जुस, चिया, छालाजन्य वस्तुहरु निर्यात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्