Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


निर्मला हत्या प्रकरणः स्वतन्त्र अनुसन्धान गर्न दिइएन : प्रधानमन्त्री (भिडियो)


0
Shares

काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्या सरकारले नगरेको भन्दै उक्त घटनालाई रहस्यमय र आश्चर्यपूर्ण भएको बताएका छन् ।

मंगलबार राजधानीमा स्कुले बालबालिकाहरुसितको संवादकाक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न पक्षले आफ्नो स्वार्थअनुसार हस्तक्षेप गरेर घटनाको स्वतन्त्र अनुसन्धान गर्नसमेत नदिएको दाबी पनि गरेका छन् ।

तर, ती समूहहरु को हुन् भन्नेचाहिँ उनले खुलाएनन् ।

भिडियो हेर्नुहोस्