
मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङमा ४ राजनीतिक दलका ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभातर्फ एउटा र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेस र एमालेले ३÷३ स्थानमै उम्मेदवारी दिएका छन् ।
त्यस्तै राप्रपा र राप्रपा प्रजातान्त्रिकले १—१ स्थानमा उम्मेदवारी दिएका छन् ।
मुस्ताङमा ३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सुरक्षाका लागि २ सय ८४ जना नेपाल प्रहरी र १ सय ९५ जना म्यादी प्रहरी गरी कूल ४ सय ७९ जना सुरक्षाकर्मी खटाईने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङका प्रहरी प्रमुख रामहरी पाण्डेले जिल्लाको सुरक्षा योजना मुताबिक सुरक्षाकर्मी थपघट हुने सक्ने जानकारी दिए ।
मूख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्मचारी समायोजन र निर्वाचन सामग्री पुर्याउनेबाहेक सबै तयारी पूरा भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्