८ असार २०८२, आइतबार | Mon Jun 23 2025


आर्थिक समृद्धिको नारासहित बारामा चुनावी प्रचारमा होमिए दलहरु (भिडियो)


0
Shares

बाराका १६ वटै स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुले काम शुरु गरेलगत्तै हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनले माहोल तताएको छ । उम्मेदवारहरुले क्षेत्रगत समस्या समाधानको प्रतिबद्धतासहित बहुमतको सरकार र राष्ट्रिय मुद्दा उठाउन थालेका छन् ।

अबको प्रतिबद्धता राष्ट्रिय विकास भएको बारा क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार तथा श्रम मन्त्री फरमुल्लाह मन्सुर बताउँछन् ।

बाम गठबन्धनले ३ नम्बर बाहेकका सबै क्षेत्रमा नयाँ अनुहारलाई अघि सारेको छ भने कांग्रेसले ४ वटै क्षेत्रमा पुरानै उम्मेदबार उभ्याएको छ ।

गरिबी, अशिक्षा, स्वास्थ्य, रोजगार, बिकास निर्माणमा सधैं पछाडि पर्दै आएको यो जिल्लाका मतदाता राष्ट्रिय गौरवका आयोजनाको कामलाई अगाडि बढाउने प्रतिबद्धता उम्मेदवारहरुसँग खोजिरहेका छन् ।

मतदाताको सुझाव अनुसार राजनीतिक जीवनमा प्राप्त अनुभवलाई संसदीय अभ्यासबाट देश र जनताका लागि लगाउने बाम गठबन्धनका क्षेत्र नम्बर १ का उम्मेदबार अच्युत मैनाली बताउँछन् ।

राजपाका ४ नम्बर प्रदेश ‘ख’ का उम्मेदवार जितेन्द्र सोनलले पनि मधेशका अधिकार र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

प्रतिनिधिसभाका ४ क्षेत्र रहेको बारामा कांग्रेस, एमाले, माओवादी र मधेसी दल गरी ४८ जनाले उम्मेदबारी दर्ता गराएका छन् भने केही स्वतन्त्र उम्मेदबार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्