
क्षेत्रीय निर्वाचन कार्यालय मोरङका अनुसार नेपाली काँग्रेसबाट ६ नम्बर क्षेत्रमा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका केदारबहादुर अर्याल र १ नम्बरबाट मनोनयन दिएका कुलबहादुर लिम्बुले आफनो उम्मेदबारी फिर्ता लिएका हुन ।
३ नम्बरमा एमाले उम्मेदवार भानुभक्त ढकालविरुद्ध बागी उम्मेदवारी दिएका भेषनाथ रिजालले नाम फिर्ता लिएका हुन् । प्रदेश सभामा बागी बनेका डीपी राईले पनि नाम फिर्ता लिएका छन् ।
पार्टी अध्यक्ष केपी ओलीले यथोचित सम्मान गर्ने प्रतिवद्धता जनाएपछि उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार मित्रसेन योन्जनले तथा ४ नम्बर बाट स्वतन्त्र रामएकवाल साहले उम्मेदबारी फिर्ता लिएका छन् ।
मोरङ २ नम्बरको प्रदेशसभा क बाट दानबहादुर कार्कीले पनि आफनो उम्मेदबारी फिर्ता लिएका छन् ।
यता, धनकुटामा प्रदेश र प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका दुई उमेद्वारले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् ।
धनकुटाबाट प्रतिनिधि सभा तर्फ मनोनयन दर्ता गराएका माधव पोख्रेल र प्रदेश सभा ‘क’ तर्फ मनोनयन दर्ता गराएका जीवन पोख्रेलले उम्मेदवारी फिर्ता लिएको मूख्य निर्बाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटामा प्रदेश तर्फ दुई र प्रतिनिधिसभा तर्फ एक जम्मा सिटका लागि ११ दलका १९ उमेद्वार मैदान रहने छन् ।
प्रतिक्रिया दिनुहोस्