
क्याटलोनियाली नेता पुज्डमोनले आइतबार बेल्जियमको प्रहरीसँग आत्मसमर्पण गरेपछि अन्य चारमन्त्री पनि उनीजस्तै प्रहरीसमक्ष पुगेका छन् । उनीहरू विगत केही दिनदेखि बेल्जियममा लुकिछिपी बस्दै आएका थिए ।
केही दिनयता बेल्जियममा बसिरहेका नेता पुज्डमोनविरुद्ध देशलाई विखन्डन गर्ने असफल प्रयास गरेको भनी स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो । स्पेनको एक अदालतले देशद्रोहको अभियोगमा भइरहेको छानविनसँग सम्बन्धित रहेर पुज्डमोन र उनको क्षेत्रीय सरकारको मन्त्रीमन्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीहरूलाई स्पेनलाई सुपुर्दगी गर्ने वा बेल्जियममा नै राख्ने बिषयमा अधिकारीहरूबीच आवश्यक छलफल भइरहेको बताइएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्