Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


वीरगन्जमा ‘नो हर्न, ‘नो प्लास्टिक’, सूचना दिनेलाई जरिवानाको २५ प्रतिशत दिने घोषणा


0
Shares

वीरगन्ज, पुस १७ । वीरगन्ज महानगरपालिकाले मंगलबारदेखि महानगरभित्र सवारी–साधनको हर्न बजाउन र प्लास्टिक प्रयोगमा रोक लगाएको छ ।

अंग्रेजी नयाँवर्षलाई स्वागत गर्दै महानगरलाई सफा राखेर सभ्य बनाउन हर्न र प्लास्टिक प्रयोग निषेध गरिएको जनाइएको छ ।

वीरगन्ज महानगरपालिकाले प्लास्टिक जथाभावी फाल्नेको फोटो खिचेर सूचना दिने व्यक्तिलाई जरिवानाको २५ प्रतिशत दिने घोषणासमेत गरेको छ ।