
राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको हो ।
असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा थिए ।
दुर्घटनाको कारण भने नखुलेको बताइएको छ । दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन् ।
सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उनलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्